जनकपुरधाम : अहिलेको समय नेपाल लगायत विश्वका सम्पुर्ण देशहरुमा फैलिएको कोरोना भाईरस (कोभिड -१९ )को संक्रमण एक अर्कामा सर्न न दिन नेपाल सरकारले लकडाउनको घोषणा गर्नुभएका थिए । यस जनसमुदायमा सामाजिक दुरी कायम गरी चाड पर्व मनाउन प्रदेश न. २ का आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाले अनुरोध गरेका हुन् ।

हिन्दूहरुको महान चाड बिजया दशमी, दिपावली तथा छ्ठ पर्वको उपलक्ष्यमा जनता समाजबादी पार्टी नेपाल का आदरनिय नेता तथा राज्य मन्त्रीले सम्पूर्ण नेपाली दाजु ,भाई ,दिदी बहिनी ,आमा बुबा सबैमा यस बर्षको शुभकामना व्यक्त गरेका हुन्।

प्रदेश न. २ का आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री समेत रहेका छन् । राज्य मन्त्री सानै उमेर देखि राजनीतिमा सकृय रहेका छन्। राज्य मन्त्री द्वारा मेलामा भिडभाड नगर्न समाजिक दुरी कायम गरि साथै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई घरमै बसेर पर्व मनाउन आग्रह गरेका छन् । कोरोना भाईरसको संक्रमण बाट बच्न र बचाउन हामी आफै सचेत रहनु पर्ने राज्य मन्त्री ले बताए छ्न।