महोत्तरी : महोत्तरीको भंगहामा एक कोरोना संक्रमितको मृत्यू समेत भइसक्यो । कैयौं संक्रमित छन् । भंगहा नगरपालिकाका मेयर संजीव साह समेत कोरोना संक्रमित भएका थिए तर कोरोनाको बेवास्ता गर्दै त्यहीँ जनप्रतिनिधिकै संरक्षणमा डान्स प्रोग्राम भएको छ ।भंगहाको सितापुरमा शुक्रबार राति देखि डान्स प्रोग्राम सुरु भएको निरन्तर शनिबार राती समेत भएको स्थानीय बताउँछन् । प्रोग्राम हेर्न पुगेका दर्शकहरुमध्ये अधिकांशले मास्क समेत लगाएका थिएनन् ।
अचम्म त के भने सशस्त्र प्रहरी वल व्यस क्याम्पको अगाडिमा नै आर के एकस्ट्रा प्रोग्राम भएको छ । त्यही नजिक नेपाल प्रहरी समेत बस्छन् । तर डान्स प्रोग्राम भइरहँदा सबै बेखबर छ ।जिल्लामा दशैँ भरि निषेधाज्ञा जारी भएको बेलामा पनि जनप्रतिनिधिकै संरक्षणमा डान्स प्रोग्राम हुँदा पनि प्रशासन मौन बसेपछि आश्चर्य लागेको स्थानीय बताउँछन् ।
Discussion about this post