जनकपुरधाम : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादले नेपालसँगै संघीय लोकतान्त्रिक गणतन्त्र नलेखिने निर्णय देशलाई प्रतिगमनतिर लैजाने षड्यन्त्र भएको टिप्पणी गरेका छन् ।

बुधबार प्रेस नोट जारी गर्दै उनले जनताले अब फेरि अर्को प्रतिगमनका विरुद्ध पनि संघर्ष गर्नुपर्ने उल्लेख गरेका हुन् । उनले सरकारको यो निर्णयले लोकतान्त्रिक गणतन्त्र, संघीय प्रणाली र समावेशी लोकतन्त्रलाई नै धरापमा पारी मुलुकलाई निरङ्कुशतातर्फ लैजाने षड्यन्त्र गरिएको हो कि भनेर आशंका गरेका छन् ।

पुर्व उपप्रधानमन्त्री समेत रहेका यादवले जनतालाई यसको स्पस्ट जवाफ नेकपाले दिनुपर्ने माग गरेका छन् ।

सरकारले नेपालको औपचारिका नाममा रहेको ‘संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल’ र अंग्रेजीमा ‘फेडरल डेमोक्रेटिक रिपब्लिक अफ नेपाल’लाई ‘नेपाल’ मात्रै लेख्नू भनी आदेश जारी गरेको छ ।

जनताले संघर्ष, त्याग र बलिदानद्वारा प्राप्त गरेका संघीय प्रणाली, समावेशिता, लोकतान्त्रिक गणतन्त्रकै विरुद्धमा सरकारले सो निर्णय, निर्देशन र आदेश जारी गरेको र यो असंवैधानिक भएको अध्यक्ष यादवको आरोप छ ।

प्रतिक्रिया!!

सम्बन्धित खबर