काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले औपचारिक सचिवालय बैठक बोलाएका छन् ।
नेकपाभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला अध्यक्ष प्रचण्डले बैठक आह्वान गरेका हुन् ।
शुक्रवार दिउँसो तीन बजेका लागि पार्टी कार्यालय धुम्बाराहीमा बैठक बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले लोकपथलाई जानकारी दिए ।
प्रवक्ता श्रेष्ठले दिएको जानकारी अनुसार पार्टीभित्र देखिएको विवाद समाधानका लागि छलफल गर्न अध्यक्ष प्रचण्डले बैठक बोलाएको बुझिएको छ ।
बिहीवार नेकपा अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्न प्रचण्ड बालुवाटार पुगेका थिए । तर अध्यक्षद्वयबीचको छलफल सकारात्मक हुन सकेको थिएन । प्रचण्डले पार्टी भित्र देखिएको समस्या समाधान गर्न सचिवालय बैठक बोलाएर छलफल गर्ने अडान राख्दै आइरहेका छन् तर ओलीले भने एजेण्डाबिनाको सचिवालय बैठक नबोलाउने अडान राख्दै आइरहेका छन् ।
Discussion about this post