जनकपुरधाम : जनकपुरधाम उप महानगरपालिका भित्रका संस्थागत (निजी) विद्यालले कोरोना अवधिको पाँच महिनाको शुल्क नलिने सहमति भएको छ ।
कोरोनाका कारण सात महिनादेखि बन्द विद्यालयले पछिल्लो तीन महिनाको मात्र शुल्क लिने भएका हुन् । उप महानगरपालिकाले विहीबार प्याब्सन, एनप्याब्सन र एमप्याब्सनका पदाधिकारीसँग छलफल गरी यस्तो सहमति जुटाएको हो ।
विद्यालय बन्द भएको समयवाधिको मूल्यांकन गर्दै मासिक शुल्क, यातायात शुल्क, छात्रावास शुल्क मिनाहा गर्ने निर्णय भएको उप महानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख अञ्जु पाण्डेयले बताए ।
यो अवधिमा केही विद्यालयले अनलाइन कक्षा भने सञ्चालन गरेका थिए । जनकपुरधाम उप महानगरपालिका भित्र हाल १२२ ओटा निजी विद्यालय सञ्चालनमा छन् । यो निर्णय सबै विद्यालयको लागि लागू हुने एनप्याब्सन धनुषाका अध्यक्ष अबधेश तिवारीले पालिका खबरलाई जानकारी दिए ।
Discussion about this post