MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

नेकपा फुट्नबाट जोगाउने दुई उपाय

मधेशटप by मधेशटप
२०७७ मंसिर ६, शनिबार १३:५८
0
नेकपाको अन्तिम ‘अग्निपरीक्षा’ : पार्टी प्रवक्तालाई ५ प्रश्न

काठमाडौँ : एकताको अटुट निरन्तरताका पक्षमा रहेका तिनै नेताहरूसँगको अन्तरक्रियाका आधारमा यहाँ उपायहरू सुझाइएको छ। अहिले भित्र अध्यक्ष ओलीको जवाफ तयार भइरहेको छ। बाहिर मेलमिलापका दौडधूप उत्तिकै चलिरहेका छन्। यस सन्दर्भमा ती मुख्य दुई उपाय प्रभावकारी हुने अपेक्षा राखिएको छ।

उपाय १ : जम्मा २ अध्यक्ष, बाँकी सबै भताभुंग
सचिवालय भंग गर्ने महासचिवको प्रस्तावसँगै नेताहरू यसको बहसमा उत्रिएका छन्। ‘सचिवालय मात्र होइन, स्थायी कमिटी र केन्द्रीय कमिटी पनि भंग गरौं। दुई अध्यक्षलाई मिलेर चल्ने वातावरण दिऔं। र, चाँडोभन्दा चाँडो महाधिवेशनमा गएर नेतृत्व र सबै संरचना बनाऔं।’

महासचिव पौडेलले भनेझैं सचिवालय झगडाको मुख्य थलो हो। तर, नेकपाको लफडा पछिल्लो समय अल्पमतरबहुमत केन्द्रित छ। जुनसुकै कमिटीमा पनि यो रोग छिर्दैन भन्न सकिन्न। हुन पनि नेकपा पहिलाको संसद्जस्तै बन्न पुगेको छ। त्यतिबेला गठबन्धन मिलाएर सरकार बनाइन्थ्यो। चलुन्जेल चलाइन्थ्यो। नत्र ढल्थ्यो। सांसद किनिन्थ्यो। पार्टी फुटाइन्थ्यो। सकेको हथकन्डा अपनाएर अर्को सरकार बनाइन्थ्यो। त्यसको भविष्य गन्ती त्यही दिन सुरु हुन्थ्यो। नेकपा अहिले ठ्याक्कै त्यही हालतमा छ। यसमा कहिले कता अल्पमत, कहिले कता बहुमतको गणित चल्न थाल्यो। आफूलाई दर्बिलो बनाइराख्न सादा कागजमा हस्ताक्षर गराएर कायल बनाउनेदेखि आफैंले टिकट दिएर बनाएका सांसद किन्नेसम्मको

अवस्था आइसक्यो। यसभन्दा दुर्गन्धित रूप के हुन्छ ?

एमाले र एमाओवादी एकीकरणका क्रममा एकताको महाधिवेशन पहिलासम्मलाई दुई अध्यक्षको सहमतिमा पार्टी सञ्चालन गर्ने निर्णय भएको थियो। यस आधारमा हेर्दा अन्य कमिटीका गन्थन–मन्थन, बहुमतरअल्पमतका कुरा बरालिने विषय मात्र हुन्। पार्टीभित्रै पार्टी छन्, तिनका पनि गुट–उपगुट छन्।

तिनमा अनेक आकांक्षा, तृष्णा र भोक छन्। तिनको व्यवस्थापनका नाममा कहिले कता पल्ला भारी हुने गरेको छ, कहिले कता।

यो रोगबाट मुक्तिको उपाय नै दुई अध्यक्षले मिलेर पार्टी चलाउने, बाँकी विघटन गर्ने हो। समाधान चाहने नेताहरूको राय यही छ।

उपाय २ : सम्पूर्ण भंग, महाधिवेशन समिति निर्माण
दुई अध्यक्ष मिलेर पार्टी चलाउन नसक्ने हो भने दोस्रो उपाय अपनाउन सकिन्छ– सबै भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने। त्यसमा एकता महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गर्न नचाहने (वर्तमान दुई अध्यक्षबाहेक) शीर्ष नेतालाई संयोजक बनाउने। उदाहरणका लागि झलनाथ खनाल हुन सक्छन्। उनी पुनः अध्यक्ष बन्ने चाहनामा देखिँदैनन्। उनको खास गुट पनि छैन। यो उदाहरण मात्र हो, अरू जो कोही हुन सक्छन्।

झन्डै दुई तिहाइ बहुमतप्राप्त नेकपा झगडाकै कारण फुट्न मात्र लागेको छैन, जनमतसमेत गुमाउँदै गएको छ। यो परिस्थितिामा अघि बढ्ने दुई बाटा छन्– १. ध्वंसात्मक अर्थात् एक पक्षले अर्कालाई गालीगलौज गर्ने। यसरी नै चलिरहने, नचलेको दिन पार्टी फुटाउने। २. रचनात्मक अर्थात् खिया लागेका नट–बल्टु सफा गर्ने, एकता झन् कसिलो बनाउने। सत्तारूढ दलले सोच्ने विषय यो छ कि– कम्युनिस्ट फुटोस् र घ्वाप्प खान पाइन्छ भन्दै धुप हालेर बस्ने धेरै छन्। तिनैलाई उनीहरूले मलजल पु¥याइरहेका छन्। दलभित्रका छिद्र पुर्दै जानुपर्नेमा, थप्दै लगेका छन्।

एकताका यतिका दिनसम्म आइपुग्दा गल्ती दुवै नेताबाट भए होलान्। अहम् दुवैमै होलान्। तर, दुई ठूला कम्युनिस्ट पार्टीको एकीकरण गल्ती थिएन। गल्ती त फेरि फुटाउँदा हुनेछ। दुवैले अलिकति अहम् त्याग्दा वा फराकिलो छाती बनाउँदा नेकपा जीवित रहन सक्छ। त्यसका लागि उत्तम समाधान माथिका ‘दुई उपाय’ हुन सक्छन् कि ?

Source: अन्नपूर्ण पोस्ट् दैनिक
Previous Post

शिवम् सिमेन्ट उद्योगमा आगलागी

Next Post

चिसो बढेपछि डोल्पा र हुम्लाका ७ प्रहरी चौकी विस्थापित

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ मंसिर ६, शनिबार १३:५८
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७७ मंसिर ६, शनिबार १३:५८
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७७ मंसिर ६, शनिबार १३:५८
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७७ मंसिर ६, शनिबार १३:५८
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७७ मंसिर ६, शनिबार १३:५८
मधेसमा आज पनि होली
राष्ट्रिय

मधेसमा आज पनि होली

२०७७ मंसिर ६, शनिबार १३:५८

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति