मंसिर १९, २०७७

महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका–११ खयरमाराबाट अवैद्य काठ फर्निचरमा राखेको आरोपमा फर्निचर संचालकलाई पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सोही ठाउँका फर्निचर संचालक विल्टु ठाकुर रहेको डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्त साहले बताए ।

गत वैशाख ४ गते बाँके सव–डिभिजन कार्यालय लक्ष्मीनियाँबाट खटिएको कर्मचारीले उनको फर्निचरमा छापा मारेको थियो । सो क्रममा फर्निचरबाट साढे ११ क्यूफिट अवैध सालको चिरान र गोलिया बरामद भएको थियो ।

त्यसलगतै उनी फरार रहदै आएका थिए ।फरार फर्निचर संचालक ठाकुरलाई प्रहरी चौकी खयरमाराले बिहीवार घरबाटै पक्राउ गरेर डिभिजन वन कार्यालय महोत्तरीको जिम्मा लगाएका थिए ।

ठाकुरलाई सशस्त्र वन सुरक्षा शाखा माईस्थानमा राखेर अनुसन्धान गरिरहेको डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख साहले बताए ।

By-सिरिश न्यूज़