सुभम सिंह राजपूत :- महोत्तरी : महोत्तरीमा स्कुल बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक बालक घाइते भएका छन् ।
जिल्लाको पिपरा गाउँपालिका–३ बस्ने १९ वर्षीय मोटरसाईकल चालक अमित यादवको मृत्यु भएको छ भने मोटरसाईकलमा सवार ८ वर्षीय बालक नविन यादव घाईते भएका छन् । उनको जलेश्वर अस्पतालमा उपचार भईरहेको छ ।
सोमबार पिपरा गाउँपालिका–१ सडकमा ना १ क ४८०५ नम्बरको स्कुल बसले ज ५ प २२२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएका यादवको उपचारको क्रममा जिल्ला अस्पताल जलेश्वरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।
Discussion about this post