काठमाडौँ। प्रमुख प्रतिपक्षी दलका नेता शेर बहादुर देउवाको अनुपस्थिति पछि अन्ततः आज पनि संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । रिक्त संवैधानिक निकायका ४५ पदमा नियुक्तिका लागि बैठक राख्ने प्रधानमन्त्री ओलीको प्रयास अझै सफल हुन सकेको छैन ।
आज बिहान ९ बजे बस्ने भनिएको बैठकमा प्रधानमन्त्री, प्रधानन्यायाधीश र राष्ट्रिय सभाका अध्यक्ष मात्र उपस्थित थिए ।
संवैधानिक परिषद्सम्बन्धी ऐनअनुसार परिषद्को बैठक बस्न ६ सदस्यमध्ये करिब ५ जना उपस्थित हुनुपर्ने प्रावधान छ ।
काँग्रेस सभापति देउवाले हिजै आफू उपस्थित हुन नसक्ने जनाउ प्रधानमन्त्रीलाई पठाएका थिए ।
देउवाले शुक्रबार भेटेर बैठकमा आउने संकेत दिए पनि काँग्रेस भित्र भोली हुने आन्दोलनको पूर्व सन्ध्यामा भागवण्डामा सहमति गरेको सन्देश जाने भए पछि उनी नगएका हुन् ।
१३ महिनादेखि परिषद्को बैठक नबस्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, मानव अधिकार आयोगलगायतका संवैधानिक निकायमा ४५ प्रमुख तथा सदस्यहरू नियुक्त हुन सकेका छैनन् ।
Discussion about this post