काठमाडौं । प्रधानमन्त्री तथा संवैधानिक परिषद अध्यक्ष केपी शर्मा ओलीले बोलाएको मंगलबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा नजाने भएका छन् । पर्याप्त गृहकार्य र छलफल नभएको भन्दै सभामुख सापकोटा बैठकमा जान नचाहेको सभामुखको सचिवालय स्रोतले जनाएको छ ।
पार्टीमा छलफल नगरि एकलौटी रुपमा संवैधानिक अंगहरुमा प्रधानमन्त्री ओलीले नियुक्ति सिफारिस गर्न लागेको भन्दै अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड असन्तुष्ट छन् ।
उता नेपाली कांगेसका नेता गगन थापाले प्रतिनिधिसभाको उपसभामुख चयन भएपछि मात्रै संवैधानिक परिषदको बैठकमा सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् । आज बिहान सुदुरपश्चिमको कैलालीमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सांसद थापाले उपसभामुख चयन नभई संवैधानिक परिषदको बैठकमा नजान सुझाव दिएका हुन् ।
Discussion about this post