काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीबीच छलफल भएको छ ।
संवैधानिक परिषद् सम्बन्धि अध्यादेश जारी भएपछि उत्पन्न भएको राजनीतिक गतिरोधका विषयमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच छलफल भएको हो । मंगलबार बिहानको मन्त्रिपरिषद् बैठकको सिफारिस लगत्तै राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेकी थिइन् ।
संवैधानिक परिषद् बैठकमा बहुमत सदस्यले निर्णय गर्नेगरी अध्यादेश ल्याइएको थियो । सो अध्यादेशको अहिले प्रमुख प्रतिपक्षी दल कांग्रेससहित सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूले समेत विरोध जनाइरहेका छन् ।
विरोधका वावजुद प्रधानमन्त्री ओलीले नयाँ व्यवस्था अनुसार संवैधानिक परिषद्को बैठक राखिसकेका छन्। वैठक लगत्तै प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन् ।
Discussion about this post