जनकपुरधाम : नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दाल धनुषाद्वारा लक्ष्मीनिया गाउपालिकामा कमिटि गठन गरेको छ । 

तरुण दालसंग अवध  नेता तथा कार्यकर्ताहरुको भेलाले  गाउपलिका स्तरीय कमिटि गठन गरेको हो । 

कमिटिको अध्यक्षमा देवेन्द्र यादव, उपाध्यक्षमा संतोष कुमार यादव, जितेन्द्र कुमार यादव र रामगुन यादव, सचिवमा शैलेस यादव र मनोज  पंजियार रहेका छन । 

सह सचिबमा मनोज कुमार साह, कोषाध्यक्ष मा धीरेन्द्र  यादव तथा सदस्यहरुमा बेचन यादव, कामदेव दास,  श्री देव सादा, धीरेन्द्र कुमार यादव, राकेश कुमार यादव, सत्यनारायण यादव, बिजेंद्र ठाकुर लगायत  ५६ सदस्य समिति चयन गरिएको छ।

कार्यक्रमको प्रमुख अतिथि पूर्व मन्त्री महेन्द्र यादव र बिशेष अतिथि पूर्व सांसद डॉ चन्द्र मोहन यादव, तरुण दाल धनुषा  सभापति संजय लाल कर्ण, ने.बि संघ  धनुषा सभापति संजय कुमार यादव, बिजय यादव  लगायतको उपस्थित थियो ।