काठमाडौं । मुलुकमा राज संस्थाको वकालत गर्दै आएका राजावादी समूहले आन्दोलन बाटै राजसंस्था सहितको हिन्दु अधिराज्य पुनःस्थापनाको विकल्प नभएको बताउन थालेका छ्न । राजतन्त्रको विरासत गुमेपश्चात नेपाली जनता झन दलिय पासोमा अल्झिएको भन्दै उनीहरूले कडा आन्दोलनबाटै राजसंस्था फर्काउनुपर्छ भन्ने निष्कर्ष नजिक पुगेको देखिन्छ ।
पछिल्लो समय राजसंस्था पुनर्स्थापनाका लागि निकै सक्रिय बनेका जनतान्त्रिक तराई मुक्ति मोर्चाका राष्ट्रिय अध्यक्ष एवं राष्ट्र बचाउ अभियान तथा राष्ट्रिय नागरिक आन्दोलनका राष्ट्रिय अध्यक्ष डाक्टर मनोज कुमार झा भन्छ्न अब राजावादी आन्दोलन एकतृत हुँदैछ । सामाजिक संजालको माध्यमबाट सबै राजावादी संगठनका प्रमुखहरुलाई सम्बोधन गर्दै उनले भनेका छ्न राजसस्था पुनःस्थापना विना मुलुक टुहुरो बनिसक्यो अब निर्णायक आन्दोलन थालिनुपर्छ ।
उनले भनेका छ्न – अब धेरैको वास्तविकता नाङ्गिन्छ ,जो भाइरस हो उसको उपचार गरिन्छ, क्यान्सरलाई सघन-शल्यक्रियाको माध्यमले भएपनि उपचार गरिन्छ । उनले अगाडि भनेका छ्न – अब सबै आ-आफ्नो सह-अस्तित्वमा गठबन्धन गरौं र अगाडि बढौं, आन्दोलनलाई निर्णायक दिशा तिर डोर्याउँ ।
सह-अस्तित्वमा पहिलो चरणमा (आन्दोलनको मोर्चामा रहुन्जेल सम्म) गठबन्धन निर्माण, दोस्रो चरणमा चुनावी मोर्चामा एकता अभियान अर्थात सबैको सह-अस्तित्वमा चुनाव चिन्ह एउटै राखी चुनावमा सहभागी बनौ । डा.झाले यसअघि पुर्वराजा ज्ञानेन्द्र शाहसंग गोप्य भेटघाट समेत गरेका थिए । जसलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।
Discussion about this post