जयनाथ यादव लहान चैत्र २६ (मधेः टप): युवाहरुको गौरवसाली संगठन युवा संघ नेपाल सिरहाले युवा भेला शुक्रबार सिरहाको गोलबाजार स्थित पन्च युग पार्टी प्यालेशमा ११ बजे हुन गईरहेको छ ।देशमा विकसित भएको राजनितिक घटनाक्रमले युवा आन्दोलन पूनर्गठित गर्नुपर्ने आवश्यकता देखिएको छ ।

सर्वोच्च अदालतको २३ फागुनको निर्णयले नेकपा (एमाले )र नेकपा (माओवादी केन्द्र )बिच भएको एकतालाई खारेज गरेपछी पार्टी र पार्टीका मातृ संगठनका कमिटिहरुमा त्यसको प्रभाव परेको छ । सम्मानित अदालतको निर्णयले पार्टी र मातृ संगठनलाई ३ जेठ २०७५ भन्दा अगाडीको अवस्थामा पुर्याईदिएको छ । सोही सन्दर्भमा युवा संघ नेपाल लाई पनी परिवर्तित परिस्थितमा पुर्नगठित गर्नुपर्ने अवस्था आवश्यकता महसुश गरेको हो । परिवर्तित अवस्थामा संघलाई पुर्णगठन र सुदृढिकरण गर्नुपर्ने अवश्यकतालाई बोध गर्दै युवा संघ नेपालको जिल्ला कार्यकर्त्ता भेला आयोजना गरिएको आयोजक कमिटीका संयोजक राजेश यादवले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ।

उनले भने उक्त भेलामा जिल्ला कमिटी पदाअधिकारी तथा सदस्य क्षेत्र कमिटी पदाधिकारी तथा तथा नगर कमिटी पदाअधिकारी र सदस्यहरुको सहभागिता रहनेछ । भेलालाई युवा संघ नेपालका अध्यक्ष क.नरेश साहीले उदघाटन गर्नुहुने छ । भेलाले संगठनका आगमी कार्यदिशा तथ गर्नेछ । भेलालाई सफलता पुर्वक सम्पन्न गर्नका लागी सहयोग पुर्याउनको युवा संघ नेपाल सिरहा सबै महानुभावहरुमा यादवले हार्दिक अपिल गरेको छ ।