जनकपुरधाम (मधेश टप):  इस्लामिक केलेण्डर अनुसार पवित्र महीना रमजानको आज २९ औं रोजा मुस्लिम समुदायले राखेका छन् । भोली बिहिवार ३०औं रोजा समाप्त गरेर शुक्रवार ईद उल फित्रको नमाज पढ्ने धार्मिक गुरुहरुले जनाएका छन् ।

आज बुधवार नेपालको कुनै कुनामा चन्द्रमा नदेखिएको कारण भोली पनि रोजा बस्नु पर्ने भनेर धार्मिक गुरुहरुले मुस्लिम समुदायलाई जानकारी गराएको हुन ।