काठमाडौँ :  सरकारले प्रतिनिधि सभा विघटनको सिफारिस सहित आगामी कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधि सभाको नयाँ निर्वाचनको मिति घोषणा गर्न राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा विघटन गर्दै चुनावको मिति घोषणा गर्न सिफारिस गर्ने  निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।