आज मिति २०७८ जेठ २९ गते शनिबार । तदनुसार १२ जुन २०२१ । श्री शनिदेव-को दर्शन गरी आजको पञ्चाङ्ग र राशिफल हेर्नुहोस ।

वि.सं. जेठ २९, २०७८ । ई.सं. 12 Jun, 2021 । शक संवत् १९४३ । नेपाल संवत् ११४१ तछलाथ्व । उत्तरायण । ग्रीष्म । शनिवार । ज्येष्ठ शुक्लपक्ष । तिथि – द्वितीया , १८:३६ बजे उप्रान्त तृतीया । नक्षत्र – आर्द्रा , १६:०० बजे उप्रान्त पुनर्वशु । योग – गण्ड , ८:५७ बजे उप्रान्त वृद्धि । करण – वालव ६:०० बजेदेखि कौलव , १८:३६ बजे उप्रान्त वणिज । चन्द्रराशि – मिथुन । आनन्दादि योग – मुद्गर । दिनमान ३४।३२ । सूर्योदय ५:०९ । सूर्यास्त १८:५८ । त्रिपुष्कर १६:०० उ, १८:३६ प. ।

आजको राशिफल

मेष – ARIES (चु, चे, चो, ला, ली, लु, ले, लो, अ)
शुभचिन्तकहरूले साथ दिनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । पढाइलेखाइमा प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ ।

वृष – TAURUS (ई, उ, ए, ओ, वा, वी, वु, वे, वो)
परिस्थितिसँग सम्झौता गर्नुपरे पनि समस्या पहिल्याउन सकिनेछ । अवसर आए पनि हडबडीले काम बिग्रन सक्छ । विवादास्पद काममा जुट्नुपर्दा प्रतिफल प्रभावित हुनेछ । मिहिनेतको फल अरूले हत्याउने चेष्टा गर्नेछन् । काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला । बलभन्दा बुद्धिको उपयोगले लाभ दिलाउनेछ । गोपनीयतामा ध्यान पुर्याउनुहोला ।

मिथुन – GEMINI (का, की, कु, घ, ङ, छ, के, को, हा)
सहयोगीहरूले साथ दिनाले काम सम्पादन हुनेछ । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । गरिएका कर्मको छोटो समयमै राम्रो प्रतिफल पाइनेछ । नयाँ काममा हात हाल्ने समय छ । कृषिकर्म र व्यावसायिक कामको योजना अघि बढ्नेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ ।

कर्कट – CANCER (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ । तापनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ ।

सिंह – LEO (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
अवसर प्राप्त भए पनि आफ्नै कमजोरीले काम रोकिन सक्छ । दोहोर्याएर प्रयत्न गर्दा सम्पादन हुनेछ । महत्त्वाकांक्षी कार्य प्रारम्भ होला । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । व्यक्तित्व निखार्ने अवसर पनि प्राप्त हुनेछ ।

कन्या – VIRGO (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो)
अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ । उधारोमा व्यापार हुनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । स्वाभिमानका लागि लाभांश त्याग्नुपर्ला । अवसरका लागि दौडधुप गर्नुपरे पनि दिगो काम थालनी हुनेछ । खर्च लागे पनि यात्राको साइत जुर्न सक्छ । व्यवसाय थाल्न सरसापट लिनुपर्ने हुन सक्छ ।

तुला – LIBRA (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
आम्दानीका विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा नहुन सक्छ । लगानीतर्फ लागत बढ्नेछ। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ । आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन् । ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला । अरूको मुख ताक्ने बानीले पछि परिनेछ । तापनि पछिका लागि गरिएको लगानीले अवश्यै फाइदा दिनेछ ।

वृश्चिक – SCORPIO (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
लामो समयदेखि प्रतीक्षा गरिएको काम सम्पादन हुनेछ । आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । कीर्तिमानी काम बन्नाले मूल्यवान् वस्तु लाभ हुन सक्छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । भेटघाटले काममा उत्साह बढाउला । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ ।

धनु – SAGITTARIUS (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे)
परोपकारी भावना जागृत हुनाले तारिफयोग्य कामको यश लिने सौभाग्य प्राप्त हुनेछ । आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछन् । शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्मसञ्चय गर्ने समय छ । सामाजिक कामले नाम, दाम र इनाम दिलाउनेछ । मिहिनेतको राम्रो प्रतिफल प्राप्त हुनेछ । आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ ।

मकर – CAPRICORN (भो, जा, जी, खी, खु, खे, खो, गा, गी)
सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ । तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला । परिबन्धले चुनौती निम्त्याउन सक्छ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । अरूका विषयमा चासो लिँदाव्यर्थैमा झमेला बेहोर्नुपर्ला । स्वास्थ्य कमजोर भएको अनुभूति हुनेछ । खान पान र आहार विहारमा ध्यान पुर्याउनुहोला । कमजोरीका बेला कामको चाप पनि बढ्न सक्छ ।

कुम्भ – AQUARIUS (गू, गे, गो, सा, सी, सु, से, सो, दा)
घुमफिर तथा मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । अतिथिका रूपमा सत्कार पाइनेछ । प्रेम र मित्रताको बन्धन पनि कसिने समय छ । परिवारजनको साथले उत्साह जगाउनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । व्यापार र पेसामा राम्रै फाइदा हुनेछ ।

मीन – PISCES (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
साहसी काम गरेर अरूको मन जित्न सकिनेछ । प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् । कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ । रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ ।