एजेन्सी-
भारत, असर २३ गते : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । दोस्रो कार्यकालमा मोदीले पहिलोपटक मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् ।

पछिल्ला केही दिनदेखि नै मोदीले मन्त्रिमण्डल विस्तार गर्ने चर्चा चलिरहेको थियो । मंगलबार चार राज्यको राज्यपाल परिर्वतन गरिएपछि मन्त्रिमण्डल विस्तारको चर्चा थप चुलिएको थियो । नयाँ मन्त्रालय ‘मिनिस्ट्री अफ को–अपरेसन’ बनाइएपछि त मन्त्रिमण्डल विस्तार हुने पक्कापक्की बनेको थियो । बुधबार दूरदर्शन न्यूजले ट्वीट गर्दै साँझ ६ बजे सपथको समय तोकिएको जानकारी दिएपछि सबै अनुमानमा विराम लाग्यो ।

पहिलो कार्यकालमा मोदी सरकारले तीन पटक मन्त्रिमण्डल विस्तार गरेका थिए । सन् २०१४ को मेमा प्रधानमन्त्रीको रुपमा सपथ लिएपछि मोदीले पहिलो क्याबिनेट नोभेम्बर २०१४, दोस्रो पटक २०१६ र २०१७ मा मन्त्रिमण्डल विस्तार गरेका थिए ।

भारतीय मिडियाका अनुसार सत्ता समीकरणमा ध्यानमा राख्दै मन्त्रिमण्डल विस्तार गर्न लागिएको छ । हालसम्म २४ जनाको नाम फाइनल भएको दैनिक भास्करले उल्लेख गरेको छ ।

बीबीसी हिन्दीका अनुसार केन्द्रीय मन्त्रिमण्डलमा हाल ५० भन्दा धेरै मन्त्री रहेका छन् । लोकसभा सिटअनुसार क्याबिनेट ८१ सदस्यीयसम्म बनाउन सकिनेछ । त्यही भएर करिब २ दर्जन नयाँ मन्त्रीहरु थपिने अनुमान गरिएको छ ।

यता दैनिक भास्करले भने २४ जना मन्त्रीको नाम नै फाइनल भएको बताएको छ ।

टीम मोदीका नयाँ अनुहार

  1. ज्योतिरादित्य सिंधिया
  2. सर्वानंद सोनेवाल
  3. पशुपति नाथ पारस
  4. नारायण राणे
  5. भूपेंद्र यादव
  6. अनुप्रिया पटेल
  7. कपिल पाटिल
  8. मीनाक्षी लेखी
  9. राहुल कसावा
  10. अश्विनी वैष्णव
  11. शांतनु ठाकुर
  12. विनोद सोनकर
  13. पंकज चौधरी
  14. आरसीपी सिंह (JDU)
  15. दिलेश्वर कामत (JDU)
  16. चंद्रेश्वर प्रसाद चंद्रवंशी (JDU)
  17. रामनाथ ठाकुर (JDU)
  18. राजकुमार रंजन
  19. बी एल वर्मा
  20. अजय मिश्रा
  21. हिना गावित
  22. शोभा करंदलाजे
  23. अजय भट्ट
  24. प्रीतम मुंडे​