मधेशटप डेस्क,

जनकपुरधाम : आज  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका छन्।

नेता नेपाललाई भेट्न प्रचण्ड शनिबार दिउँसो नेपाल निवास कोटेश्वर पुगेका हुन्। भेटमा उनीहरूबीच पछिल्लो  राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ।

एमाले एकताका लागि गठित कार्यदल सक्रिय भइरहेकोबेला उनीहरूबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। कार्यदलको बैठक केहीबेरमै बस्दैछ।