जनकपुरधाम- जनता समाजवादी पार्टी (जसपा) नेपालको भातृ सँगठन समाजवादी विद्यार्थी युनियनका नेता सुधिर कुमार यादवले राम सहाय प्रसाद यादवलाई जसरी पनि मन्त्रीमण्डलमा स्थान दिनुपर्ने बताएका छन् ।
२०६२/०६३ को जनआन्दोलनदेखि नै राजनीतिमा सक्रिय रहेका प्रदेश नम्बर २ को बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ का प्रतिनीधिसभा सदस्य रामसहाय प्रसाद यादवलाई यसपाली मन्त्री बनाउनुपर्ने माग पार्टीसँग राखेका छन् । Advertesmentad शुक्रबार संचारकर्मीसङ्ग कुराकानी गर्दै विद्यार्थी नेता यादवले नेता साँसद रामसहाय यादवको सक्रियता, त्यागलाई पनि मध्यनगर गर्दै यसपाली सरकारमा सहभागी गराउनुपर्ने माग अघि सारेका छन् ।
केन्द्रीय कार्यकारिणी सदस्य समेत रहेका रामसहाय यादवले मधेशी जनअधिकार फोरम एनजिओकै रुपमा हुँदादेखि निन्तर निःस्वार्थ रुपमा पार्टीमा लागेर कार्य गर्दै आएको भन्दै यसपाली सरकारमा जाँदा उनलाई मन्त्री बनाउनुपर्ने माग राखेका छन् । यति वर्षको राजनीतिमा कुनै पनि माग नगरेका राम सहाय प्रसाद यादवले आफू सोझो र निःस्वार्थ भावनाको इमान्दार नेता रहेकोले उनको लागि पार्टीले यसपाली सोच्नैपर्ने माग गरेका हुन् ।न्यूज ब्यूरो बाट