काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन् ।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति भण्डारीले राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेको जानकारी दिएका हुन् ।

नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिापरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले अधयादेश जारी गरेकी छन् । दल विभाजनलाई सहज बनाउने गरी मन्त्रिपरिषद्ले मंगलबार अध्यादेश सिफारिस गरेको थियो ।

राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत मत पुर्याएमा पार्टी विभाजन गर्न सकिने व्यवस्था बताइएको छ ।