विराटनगर । नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् ।

आज विराटनगरको होटल एसियाटिकमा बसेको संसदीय दलको बैठकबाट आचार्य दलको नेता चयन भएका हुन् ।

मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईको प्रस्तावमा आचार्य दलको नेतामा चयन भएको मुख्यमन्त्री राईका प्रेस सल्लाहकारले जानकारी दिए ।

संसदीय दलको नेता चयन भएका आचार्यलाई आजै मुख्यमन्त्रीको सपथग्रहण गराउने तयारी छ ।