विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पद तथा गोपनियताको सपथ लिएका छन् ।

आज प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसमक्ष नवनियुक्त मुख्यमन्त्री आचार्यले पद तथा गोपनियताको लिएका हुन् ।

शेरधन राईले राजीनामा दिएपछि आचार्य आजै मुख्यमन्त्री नियुक्त भएका थिए । आचार्य लामो समयसम्म एमाले एकताको लागि सक्रिय थिए ।