जनकपुरधाम । प्रदेश २ मा नेकपा एमालेका ११ जना सांसदले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् ।

जनकपुर स्थित प्रदेश निर्वाचन कार्यालयमा आज दिउँसो १० जना भौतिक रुपमा र एकजनाले पत्र मार्फत सनाखत गरेका हुन् ।

प्रदेश सांसद सत्रुधन महतो, मञ्जु यादव, चन्द्र सेन प्रसाद श्रीवास्तव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, बेची लुंगेली, रविन्द्र बैठा, हसिमा खातुन, अशोक यादव र प्रमोद यादव छन् ।

पत्र मार्फत भने क्यान्सर पीडत भइ उपचारमा रहेका डिल्ली उप्रेतीले सनाखत गराएको प्रदेश सांसद सत्रुधन महतोले जानकाकरी दिए । प्रदेश २ मा नेकपा एमालेका २१ सांसद छन् ।एमाले प्रदेश २ संसदीय दलमा ओली पक्ष पहिलेदेखि नै कमजोर छन् ।