महोत्तरी । भंगहा नगरपालिकाका मेयर र उपमेयरसहित जसपाका सबै जनप्रतिनिधि नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् ।

मेयर संजिव कुमार साह, उपमेयर गंगासिंह दनुवार निर्वाचन कार्यालय महोत्तरी पुगेर लोसपामा सनाखत गरिसकेका हुन् । वडा नं. ३,४,५,६ र ७ का वडाध्यक्ष र वडा नं. ९ का कार्यबाहक वडाध्यक्ष, ८ जना कार्यपालिका सदस्य र १३ जना वडासदस्य लोसपा रोजेका हुन् ।

उनीहरुले निर्वाचन कार्यालय पुगेर लोसपामा सनाखत गर्ने क्रम चलिरहेको मेयर साहले बताए । भंगाह नगरपालिकामा जसपाका सबै जनप्रतिनिधि मेयर साहकै सल्लाह अनुसार अगाडी बढ्ने गरेकाले उनीहरु सबै लोसपा रोजेको वडा नं। ४ का वडाध्यक्ष अशोक महतोले बताए ।