MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

प्रहरीद्वारा बाइक चोरी गिरोहका नाइके सार्वजनिक

मधेशटप by मधेशटप
२०७८ भाद्र १८, शुक्रबार २३:५०
0
प्रहरीद्वारा बाइक चोरी गिरोहका नाइके सार्वजनिक

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले मोटरसाईकल चोरीका मुख्य नाइके रोहित श्रेष्ठसहित तीन जनालाई सार्वजनिक गरेको छ । चितवन प्रहरीले भदौ ७ गते मोटरसाईकल चोरी गिरोहका नाइके श्रेष्ठले लुकाइ छिपाइ राखेका मोटरसाइकल र तिनका पार्टपूर्जासहित उनीहरुलाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा पक्राउ पर्नेमा श्रेष्ठ र उनले भरतपुर–२१, पार्वतीपुरमा सञ्चालन गरेको पार्वतीपुर वर्कसपमा कार्यरत कलैया उपमहानगरपालिका–६ बस्ने वर्ष २५ का कृष्ण साह रहेका छन् ।

भरतपुर महानगरपालिका–२१ पार्वतीपुर बस्ने श्रेष्ठले चोरीका मोटरसाईकल उनकै घर नजिकै बलबहादुर श्रेष्ठको घर पछाडी रहेको टहरोमा लुकाएको अवस्थामा प्रहरीले बरामद गरेको थियो । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको विशेष प्रहरी टोलीले सो स्थानमा खानतलाशी गर्दा विभिन्न मोटरसाइकलका पार्टपूर्जासहित ५ वटा मोटरसाईकल नै बरामद गरेको थियो ।

प्रहरीले बुलेट मोटरसाईकल २ थान, २२० सीसीको पल्सर मोटरसाईकल २ थान, एनएस पल्सर १ थान तथा नम्बर प्लेटमा लेमिनेशन गरि वास्तिवक भन्दा फरक नम्बरहरु लेखिएका ना२प २६५४ र ना२२प ६०६६ मोटरसाईकलका २ थान भाइजर बरामद गरेको थियो ।

त्यसैगरी प्रहरीले मोटरसाइकल चोरी तथा तथा खोल्न प्रयोग गरिने बिभिन्न सामाग्रीहरू बरामद गरेको थियो । पक्राउ परेका श्रेष्ठ र साहलाई अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालयल चितवनले जनाएको छ ।श्रेष्ठ १ वर्ष जेल सजाय काटेर केही समय अघिमात्र कास्की कारागारबाट निस्केका थिए ।

चितवनमा अहिले दैनिकजसो ३ देखि ५ वटासम्म मोटरसाइकल चोरी हुने गरेको प्रहरीको रेकर्डमा उल्लेख छ । लकडाउनमा पनि चितवनमा कार्यालय नजिकैका स्थानबाट दैनिक मोटरसाइकल चोरी हुन थालेपछि प्रहरीले चोरी किनबेचको गिरोहका नाइकेहरुलाई पक्राउ गरी अनुसन्धान थालेको थियो ।

पक्राउ परेका श्रेष्ठलाई छुटाउनका लागि जिल्ला माओवादीका नेताहरुले प्रहरीमा दबाब दिइरहे पनि प्रहरीले भने अदालतबाट म्याद थप गरेर आज सार्वजनिक गरेको हो । स्रोतका अनुसार श्रेष्ठलाई छुटाउन केशव पौडेललगायतका माओवादीका कार्यकर्ताहरुले प्रहरीमा दबाब दिइरहेका थिए ।श्रेष्ठ चितवनमात्र नभई देशभर कहलिएका चोर हुन।

चितवन प्रहरीले मोटरसाइकल चोरीमा संलग्न रोदित मोटरसाइकल वर्कसपका संचालक श्रेष्ठसहित चार जनालाई २०७६ असार १३ मा २६ वटा चोरीको मोटरसाइकल र ५३ थान बिलबुकसहित पक्राउ गरेको थियो ।

तर, पक्राउ परेको १० दिनमै तत्कालिन एसपी दानबहादुर मल्लले सार्वजनिकमा मुद्दा चलाएपछि श्रेष्ठ १० हजार धरौटीमा छुटेका थिए।उक्त प्रकरणमा मल्ललाई तीन नम्बर प्रदेश हाल बागमती प्रहरी कार्यालयले स्पष्टिकरण समेत लिएको थियो। त्यतिखेर श्रेष्ठ जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएका अभियुक्त समेत थिए ।

श्रेष्ठले देशभर नै गिरोह नै परिचालन गरेर मोटरसाइकल चोरी गर्न पठाउने र त्यहाँबाट ल्याइएका मोटरसाइकलहरुलाई आफ्नो ग्यारेजमा लगेर पाटपूर्जा समेत विक्री वितरण गर्दै आएको प्रहरी अनुसन्धानका क्रममा खुलेको थियो ।

श्रेष्ठको गिरोहले नक्कली बिलबुक र लाइन्सेन्ससमेत बनाउने गरेको खुलेको छ। यो गिरोहले चितवन जिल्ला प्रहरी कार्यालयका घुमुवा प्रहरीलाई समेत उनले मासिक रुपमा नजराना दिएर निर्वाध रुपमा चोरी धन्दालाई सञ्चालन गर्दै आएको छ ।

Previous Post

हुन् लागेका कक्षा १२ को परीक्षा तयारीमा करिश्मा मानन्धर

Next Post

सर्लाहीमा एक थान पेस्तोलसहित ५ राउन्ड गोली बरामद

Related Posts

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०७८ भाद्र १८, शुक्रबार २३:५०
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७८ भाद्र १८, शुक्रबार २३:५०
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७८ भाद्र १८, शुक्रबार २३:५०
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७८ भाद्र १८, शुक्रबार २३:५०
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७८ भाद्र १८, शुक्रबार २३:५०
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७८ भाद्र १८, शुक्रबार २३:५०

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति