जनकपुरधाम । जसका पाप्रदेश २ सांसद जितेन्द्र सोनलले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा सनाखत गरेका छन् ।

प्रदेश २ का पूर्वभौतिक पूर्वधार विकासमन्त्री समेत रहेका सांसद सोनलले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा सनाखत गरेका हुन् ।

सोनलले सोमबार जनकपुरधामस्थित निर्वाचन आयोगको प्रादेशिक कार्यालयमा आएर लोसपामा सनाखत गरेका हुन् । सोनलको सनाखतसँगै प्रदेशमा लोसपा सांसदको संख्या १६ पुगेको छ ।

उनी बाराको निर्वाचन क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित भएका हुन् । सोनल तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट निर्वाचित भएका थिए । जसपाका कुल ५५ सांसदमध्ये तत्कालीन मधेशी जनअधिकार फोरम नेपालका ३० र राष्ट्रिय जनता पार्टी (राजपा) का २५ सांसद थिए ।