काठमाडौं। प्रतिनिधिसभा बैठक भदौ १९ गते बस्नेगरि स्थगित् भएको छ ।

प्रतिनिधिसभा बैठक भदौ १९ गते मंगलबार दिउँसो १ बजे बस्नेगरि स्थगित् भएको हो।

आजको बैठक सुरु हुनासाथ नेकपा (एमाले)का सांसदहरुले नाराबाजी गरेपछि बैठक अवरुद्ध भएको थियो ।

सुरुमै एमाले सांसदहरु नाराबाजीमा उत्रिएपछि सभामुख अग्निप्रसाद सापकोटाले पहिलो बैठक १५ मिनेटको लागि स्थगित् गरेका थिए । तर, दोस्रो बैठक पनि सुरु हुनासाथ एमालेले अवरोध कायम गरेपछि सभामुखले बैठक स्थगित् भएको र अर्को बैठक भदौ २९ गते मंगलबार दिउँसो १ बजे बस्ने सुचना सुनाएका थिए ।