काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

प्रतिनिधिसभाको बैठक आगामी असोज ४ गते विहान ११ बजे बस्नेगरि स्थगित भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० को अवरोध आजको बैठकमा पनि कायमै थियो । तर, सभामुख अग्निप्रसाद सापकोटाले एमाले सांसदहरुको नाराबाजीको बावजुदपनि बैठक अघि बढाएका थिए ।

बैठकमा एमाले सांसदको नाराबाजीकै बीच अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित गरेपछि बैठक स्थगित गरिएको छ ।