जनकपुरधाम । जनता समाजवादी पार्टीका नेता एवं प्रदेश न. २ का अर्थ मन्त्रि  शैलेन्द्र प्रसाद साहले   भोली असोज ३ गते मनाइने सँविधान दिवसलाई बष्हिकार गर्न उर्दी जारी गरेका छन् ।

सत्ताररुढ समेत रहेको जसपाले संविधान विभेदकारी र त्रुटिपूर्ण भएको भन्दै सरकारले आयोजना गर्ने संविधान दिवसको कार्यक्रम बहिस्कार गर्न उर्दी जारी गरेका छन्।

अध्यक्ष यादवले  शनिबार विज्ञप्ति जारी गर्दै संविधानको विरोध गर्न र संशोधनद्वारा सच्याउनका लागि देशका प्रमुख स्थानहरुमा अन्तरक्रिया कार्यक्रम गर्न आह्वान गरेका छन् ।

जनआन्दोलन, जनयुद्ध, ऐतिहासिक मधेश जनबिद्रोह लगायतका आन्दोलनहरुको बेलामा सरकारसँग भएका सम्झौताहरु, अन्तरिम संविधानमा भएका प्रावधानहरु, पहिलो संविधान सभामा सर्बसम्मत भईसकेका विषयहरु तथा जनताको अभिमतलाई समेत अनादर र उपेक्षा गर्दै सँविधान जारी गरेको भन्दै बहिष्कार गर्न विज्ञप्ति जारी गरेका छन् ।

“संविधानमा संघीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचानको मान्यता, स्वशासन र स्वायतत्ता, समानुपातिक समावेशिकरण लगायतका प्रावधानहरु पनि अधुरो र अपूर्ण हुनुका साथै संविधानमा धेरै धाराहरुमा बिभेदकारी प्रावधानहरु राखिएको हुँदा सरकारले घौषणा गरेको संविधान दिवस २०७८ मा पनि भाग नलिने, विरोध गर्ने र संविधानमा रहेका विभेदकारी एवम्‌ त्रुटिपूर्ण प्रावधानहरु परिवर्तनका लागि उक्त दिन अर्थात असौज ३ गते संविधान शंसोधनद्वारा यसलाई सच्याउनका लागि देशका प्रमुख स्थानहरुमा “संविधान संशोधनको आवश्यकता” विषयक अन्तरक्रिया आयोजना गरी उक्त संविधानमा रहेका विभेदकारी

प्रावधानहरुको विरोध गर्ने आम जनसमुदाय एवम्‌ सम्पूर्ण पार्टी संगठनहरुलाई आह्वान गरिन्छ ।” जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

गत वि.सं. २०७५ सालमा उपप्रधान एवं स्वास्थ्यमन्त्री सहित तत्कालिन संघीय समाजवादी फोरम नेपालका अध्यक्ष रहेको बेला यादवले संविधान दिवसलाई कालो दिवसका रुपमा नमनाउने बताएका थिए ।

आफूसहित पार्टीबाट नेता, मन्त्रि  निर्वाचित भएकाहरुले संविधानको रक्षा गर्ने शपथ लिएकाले यस दिनलाई कालो दिवस नमनाइने उनले बताएका थिए। सँविधान दिवस २०७६ मा उपेन्द्र यादवको पार्टीले सँविधान दिवस मनाएको थियो । प्रदेश २ मा पनि मुख्यमन्त्री सहित अन्य नेताहरुले दिपावली गरेको थियो ।

‘कालो दिवस मनाउन नैतिकताले दिदैंन,’ सप्तरीमा आयोजित एक पत्रकार सम्मेलनमा यादवले भने, ‘हामी कालो दिवस मनाउँदैनौं, संविधान दिवस पनि मनाउँदैनौं ।’ भनेर उनले भनेका थिए ।

जसपाबाटै विभाजित भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले भने संविधान दिवसलाई कालो दिनका रुपमा मनाउने भएको छ।