उमेश कुमार साह ,
कार्तिक २३, मंगलबार

राजविराज । जनता समाजवादी पार्टी (जसपा)का नेता राजकिशोर यादवले लोकतन्त्र संस्थागत गर्न संविधान संशोधन आवश्यक रहेको बताएका छन् ।
समाजवादी यूवा संघ प्रदेश नम्बर –२ कार्यसमितिद्वारा सप्तरीको विष्णुपुर गाउँपालिकामा आयोजना गरेको बृहत पाटी प्रबेश तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादबले वर्तमान संविधानले सबै वर्ग, क्षेत्र, समुदाय र लिङ्गलाई समेट्न नसकेकाले संशोधन गरी सबैको सर्वस्वीकार्य बनाउनुपर्ने बताए ।
सबै दलको संयुक्त प्रयासमा लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि सही लोकतन्त्र स्थापना हुन नसकेको टिप्पणी गर्दै उनले भने, “लोकतन्त्रमा सबै जातिभाषा, धर्म, समुदाय, लिङ्गको राज्यसत्तामा सामानुपातिक पहुँच हुनुपर्छ ।
पूर्वमन्त्री समेत रहेका यादवले ठूला दलहरुले मुलुकको हितमा काम गर्न नसकेकाले आफ्नो दल वैकल्पिक शक्तिको रुपमा उदाएको दाबी गरे । जनताले पटक पटक मत दिए पनि पुराना दल सत्ता स्वार्थमा मात्र रमाएको आरोप लगाउँदै यादवले मुलुकको हित र जनअपेक्षाअनुरुप आफ्नो पार्टीले मात्र काम गर्नसक्ने बताए ।
उनले भौतिक विकाससँगै पहिलो प्राथमिकतामा समाजिक विकास र समाजिक उत्थानको विषयलाई राखेर अघि बढे मात्रै देश र समाज बन्ने उनले धारणा राखे ।
देशमा यतिबेला समाजिक उत्थानको मुद्दालाई अलपत्र छाडी जनतालाई भौतिक विकास मात्रै देखाएर राजनीति गर्ने परिपाटी बनिसकेको भन्दै यसप्रति जनता अब एकदमै सजग र गम्भीर बन्नुपर्ने समय आएको
उनले बताए । समाज सजग, सचेत र सशक्त बने मात्रै विकासको अर्थ हुने उनले जिकिर गरे। सम्बोधनको क्रममा उनले शिक्षालय नै देशको भविष्य निर्माण गर्ने थलो भएकाले शिक्षा क्षेत्रमा लागेकाहरुलाई गम्भीर भएर लाग्न आग्रह गरे।
कार्यक्रममा प्रदेशसभा सदस्य विदेश्वर प्रसाद यादबले जसपाले नै मधेशलाई अधिकार दिलाउने बताए । उनले पार्टीमा प्रबेश गरेका नव प्रवेशीहरुलाई स्वागत गर्दै मधेश र मधेशीको हितमा काम गर्न सबै संग आग्रह गरे । मधेश मूक्तिको मार्ग यूवाहरुले नै ल्याउने समेत उनले बताए ।
जनता समाजवादी पार्टीका यूवा नेता सत्यन्द्र कुमार यादवको अध्यक्षमा भएको कार्यक्रममा जसपाका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य नेत्रबिक्रम शाह , जसपाका केन्द्रीय सदस्य अनिरुद्ध प्रसाद यादब , जिल्ला अध्यक्ष केदार प्रसाद यादब बोदे बरसाईन नगरपालिका मेयर आतेश कुमार सिंह यादब , लगायतले आ–आफनो मन्तव्य व्यक्त गरेका थिए । सोही कार्यक्रमा विभन्न पार्टी परित्यागगरी ३ दर्जन भन्दा बढी व्यक्तिहरुले जसपा पार्टीमा प्रबेश गरेका थिए ।