महोत्तरी । महोत्तरीको बर्दिवासमा यात्रुबाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।
बर्दिवास नगरपालिका वडा नं. ५ टुटेश्वर चोक सडक खण्डमा शनिबार साँझ यात्रुबाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका हुन् ।
गौशालाबाट काठमाडौं तर्फ जाँदै गरेको ना ५ ख ३०९९ नम्बरको उग्रतारा ट्राभल्स बस अनियन्त्रित भएर पल्टेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
घाइते मध्ये ३ जनाको उपचार मोडल अस्पताल लालगढमा भइरहेको छ भने अन्य घाइतेहरुको उपचार बर्दिवास स्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।
Discussion about this post