सप्तरी । नेपाली काङ्ग्रेसको १४ औँ महाधीवेशन कार्यक्रम अन्तर्गत सप्तरी क्षेत्र नं १ मा कार्य समिति चयन गरिएको छ ।

पार्टीको १४ औँ महाधीवेशन कार्यक्रम अन्तर्गत वडा अधीवेशन सम्पन भई नगर र पालिका स्तरको कार्य समितिको अधीवेशनमा क्षेत्र नं १ को ५ ओटा स्थानीय तह मध्ये ४ ओटा सर्व सहमति र एकमा चुनावबाट कार्य समिति चयन भएको हो ।

जसमध्ये कंचनरुप नगरपालीका, तिरहुत गाउँपालिका, हनुमाननगर कंकालिनी नगरपालीका, अग्नीसाइर कृष्णसवरण गाउँपालिकाका नगर कार्य समिति सर्व सहमतिले चुनिएको छ भने, चुनावबाट सप्तकोशी नगर कार्य समिति चुनिएको जनाइएको छ ।

सर्व सहमतिले कंचनरुप नगरपालीकाको सभापतिमा कैलाश कुमार साह, तिरहुत गाउँपालिकाको सभापतिमा गयानेन्द्रकुमार लगरबार, अग्नीसाइर कृष्णसवरण गाउ पालिकाको सभापतिमा रोशनकुमार मडर, हनुमाननगर कंकालिनी नगरपालिको सभापतिमा अवधेश्वर मेहता चुनिएका छन् । त्यस्तै, सप्तकोशी नगर कार्य समितिको सभापतिमा युवराज खनाल चुनिएका छन् ।