झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा पराजय भएका छन् ।

राप्रपामा एकता महाधिवेशनको मतगणनामा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग थापा पराजित भएका हुन् ।

केहीबेर अघि घोषणा भएको निर्वाचनको परिणाम अनुसार थापा पक्षका उपाध्यक्ष र महामन्त्रीमा उम्मेदवार विजयी भएका छन्। पार्टीको खुल्ला उपाध्यक्षमा विक्रम पाण्डे सर्वाधिक मत ल्याएर विजयी भएका छन्। दुवै प्यानलमा समेटिएका उनले २५२१ भोट ल्याएका छन्।

त्यस्तै, थापा प्यानलबाटै उठेका बुद्धिमान तामाङले १९४४ भोट ल्याएका छन् । हुँदा सोही प्यानलका ध्रुवबहादुर प्रधानले भने १८१४ भोट ल्याएर विजयी भएका छन् । महिला उपाध्यक्षमा थापा समूहकै रोशन कार्की १६८९ भोट ल्याएर विजयी भएकी छन् भने महामन्त्रीको प्रतिस्पर्धामा लिङ्देन पक्षका धवलशम्शेर राणाले २२२१ भोट ल्याएर विजयी भएका छन् ।

कमल थापा पक्षका भुवन पाठक १८०५ भोट ल्याएर महामन्त्रीमा विजयी भए। महिला महामन्त्रीतर्फ थापा समूहकै कुन्तीकुमारी शाहीले नायिकासमेत रहेकी रेखा थापालाई हराएकी छन् । शाहिले २००८ मत ल्याइन्। महिला महामन्त्रीमा लिङ्देन समूहकी रेखा थापाले १६४० मत ल्याएर पराजित भइन्।