सप्तरी । नेपाली बजारमा सुनको मूल्य १०० रुपैयाँले घटेको छ ।

आज छापावाला सुन मुल्य प्रतितोलारु ९२ हजार २०० कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

बिहीबार छापावाला सुन मुल्य प्रतितोला ९२ हजार ३०० मा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मुल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको १५ रुपैयाँले घटेको छ । बिहीबाार प्रतितोला १२०० रुपैयाँमा कारोबार भएको चाँदी आज ११८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।