जनकपुर । प्रदेश २ को नामा मधेश प्रदेश राख्न प्रदेश भित्र विभिन्न राजनितिक दलसंग सहमति जुटाउन टोली गठन गरिएको छ ।

प्रदेश सरकारले प्रदेश २ को नामा मधेश प्रदेश राख्न प्रदेश भित्र विभिन्न राजनितिक दलसंग सहमति जुटाउन टोली गठन गरेका हुन् ।

प्रदेश २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साह नेतृत्वको सो टोलिले मंगलवार बिहान दुई राजनितिक पार्टीका संसदीय दलका नेतासंग भेटेर प्रदेश २ को नामाकरण मधेश प्रदेश राख्नका लागि आग्रह गरेका छन्।

नेकपा एकिकृत समाजवादी समेत मधेस प्रदेशमा सहमत छ । अर्थ मन्त्री शैलेन्द्रप्रसाद साहको टोलीमा मुख्य जनता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सदस्य मनिषकुमार सुमन , विशेश्वरप्रसाद यादव, सुरेश मण्डल र शैलेन्द्र यादब हुन् ।

अगामी पुस ८ मा बस्न लागेको प्रदेशसभा बैठकमा प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव पेश गर्ने बुझिएको छ । तर प्रदेशको नामाकरण विषयमा विवाद देखिएको छ ।

सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रले प्रदेशको नाम मधेस प्रदेश राख्ने प्रस्ताव गरिसकेका छन् । तर नेपाली काँग्रेस र नेकपा एमालेले मधेस प्रदेश नाम स्वीकार्न तयार छैन ।