मधेशटप,
जनकपुरधाम : धनगढीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटनामा परेको छ। मन्त्री आले चढेको सु.प. प्रदेश ०१-००१झ ३३३ नम्बरको गाडी मंगलबार राति धनगढी विमानस्थलनजिकै सडकमा दुर्घटनामा परेको हो।
धनगढी बिमानस्थलबाट ६ लेन सडक क्रस गर्दै गरेको अवस्थामा आलेको गाडीलाई अर्को गाडीले ठ’क्कर दिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। गाईलाइ ठ’क्कर दिएर अनियंत्रित भएको कारले मन्त्रीको गाडीलाई पनि ठक्कर दिएको प्रहरीले बताएको छ।
मन्त्री सवार गाडी दुर्घटनामा परेपछि अर्को गाडी प्रयोग गरेर आले महेन्द्रनगर गएका छन्। ठक्कर दिने गाडिमा सवार सबै सकुसल रहेको जनाइएको छ। गाडी चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। ‘कार चालक हाम्रो नियन्त्रणमा छन्, मन्त्रीज्यू चढेको गाडीमा क्षति पुगेको छ,’ अधिकारीले भने।
Discussion about this post