जनकपुरधाम । धनुषाको मिथिला विहारी नगरपालिकामा निर्माणधिन अवस्थामा रहेका पुलको मगंलवार पूर्वमन्त्री जुली कुमारी महतोले अनुगमन गरेकी छिन् ।
ललिया उतिमपुर नदि र कासिपुर कजरा जोडने नदिमा पुलको अनुगमन गर्नु भएको छ।अनुगमन गर्ने क्रममा पुर्व मन्त्री महतोले पुलको साईड इन्जिनियर लाई भने पुलको निर्माण कार्य छिटो छरितो सम्पन्न गर्न पूर्वमन्त्री महतोले निर्देशन समेत दिएकी छिन् ।
जताको दुख पिडालाई मध्यनजर गरि पुल ल्याई र शिलान्यास गरेको छु समयमै सबल निर्माणकार्य सम्पन्न हुनु जरुरी छ – पुर्व मन्त्री जुलि कुमारी महतो जानकारी दिनुभयो छ।
इन्जिनियर र स्थानीयसङ्ग कुरा गर्दै भने धेरै नेताहरु जितेर गएको छ र जितेको पनि छ तर कसैले जनताको पिडालाई ध्यान दिएन तर पुर्व मन्त्री रघुविर महासेठले जितेर जाने बितिकै मन्त्री हुँदा निर्वाचन क्षेत्र न. १ को जनताले भोगीरहेको पिडालाई मध्यनजर गर्दै ललिया – उतिम्पुर , कजरा -कासिपुर , इनर्वा – सबैला जोडने नदिको पुल ल्याएको र एकैदिन तिनटै पुलको शिलान्यास गर्नु भएको थियो त्यही भएर समयमै सबल निर्माणको कार्यको लागि स्थानीय जनतालाई निगरानी गर्न र समयमै कार्य सम्पन्न गर्नुपर्ने इन्जिनियरहरुलाई आग्रह सहित निर्देशन दिएका छन् ।
Discussion about this post