मधेशटप समाचारदाता,

उमेश कुमार साह,

बोदे बर्साईन, माघ ७ : सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर – १० बनाैला स्थित हिरा फेक्नी माध्यमिक विद्यालयको खेलमैदानमा खेलमंच तथा बोनड्रीवालको निर्माणको शिलान्यास प्रदेश सभा सदस्य बिदेश्वर यादव बिक्कीले गरेको छ ।

प्रदेश सभा सदस्य यादवले सप्तरी ३(ख) भाैतिक पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत २५ लाखको लगानीमा खेलमंच , बोनड्रीवाल निर्माणको शिलान्यास गरेका हुन् ।

उक्त कर्यक्रममा बिद्यालय व्यवस्थापन समिती अध्यक्ष – देबेन्द्र प्रसाद माझी , वडा अध्यक्ष -जुगेश्वर प्रसाद साह, प्रधनाध्यापक सुरेश कुमार यादव, नेता ओमप्रकाश यादव , भुवन साह, लखन पैकरा , सुन्देश्वर साह स्थानीय बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।

विद्यालयका जग्गादाता – दात परिवारको सदस्य सुर्य नारायण साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।