उमेश कुमार साह ,८ माघ बोदे बर्साईन

बोदे बर्साईन नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीको संगठन विस्तार तिव्र रूपमा भई रहेको छ । लोसपा नेतृ बोदे बर्साईन नगरपालिका नगर उप प्रमुख रंजु कुमारी साहको नेतृत्वमा संगठन विस्तार भई रहेको छ । सो नगरपालिकामा रहेका १० वटा वडा मध्ये १,२,४,६,,८, १० र ३ गरि ७ वटामा वडा कमिटी गठन भई सकेको छ ।

तत्कालीन संघिय समाजवादी पार्टी बाट निर्वाचित नगर उप प्रमुख नेतृ रंजु कुमारी साह र राजपा बाट नगर प्रमुख उम्मेदवार बनेका अमरेन्द्र यादव ”जसपा विभाज भएर गठन भएको लोसपा तर्फ लागेपछि संगठन विस्तारमा तिव्रता दिईएको हो ।

आज लोसपा नेपालको वडा नम्बर – ३ मा मो. सदरुल हकको अध्यक्षतामा भएको वडा कमिटी विस्तार कार्यक्रम रा प्रा विद्यालय गौरामा सम्पन्न भएको छ। सो बैठकले २३ सदस्य वडा कमिटी गठन गरेको नवगठित समितिका अध्यक्ष शिवकुमार यादवलाई चयन गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि बोदे बर्साईन नगरपालिकाको नगर उप-प्रमुख नेतृ रन्जु कुमारी साह, अतिथिहरु – अमरेन्द्र प्रसाद यादव , अनुप लाल साह , राज कुमार यादव , अरुण यादव , बतहु यादव लगायत पार्टी आबद्ध नेता कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन लोसपा नेता झवर साहले गरेको थियोे भने कृष्णचन्द्र यादव , अमरेन्द्र यादव र राजकुमार यादवले स्वागत मन्तव्य व्यक्त गरेका थियो।