जनकपुरधाम : भारतीय नेता सुभाष चन्द्र बोसको १२५ औ जन्मजयन्ती विराटनगरमा एक कार्यक्रमको आयोजन गरी मनाइएको छ।
नेताजी सुभाषचन्द्र बोस इन्टरनेशनल फाउन्डेशनद्वारा आयोजित कार्यक्रममा वक्ताहरुले भारतको स्वतन्त्रतामा बोसको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले बोसको जीवनबाट प्रेरणा प्राप्त गरी आज नेपालीहरुको गौरबको रूप रहेको सगरमाथालाई चिनियाँ अतिक्रमणबाट मुक्त गराउनु पर्ने आवश्यकता रहेको बताए। बीजेपी बिहार प्रान्तका मन्त्री भानु प्रकाश रायले भारतको इतिहासमा नेताजी सुभाषचन्द्रको जून स्थान हुनुपर्थ्यो त्यो स्थान नदिएको प्रति असन्तुस्टि ब्यक्त गरे ।
Discussion about this post