काठमाडौं । नेपालमा फेरि बर्डफ्लू संक्रमण पुष्टि भएको छ । मोरङ जिल्लाको ग्रामथान(१ खुनियाकट्टा र बुढिगंगा (५ मा बर्डफ्लू देखिएको पशु सेवा विभागले पुष्टि गरेको हो ।
कुखुरामा फेला परेको बर्डफ्लू रोग (एच फाइभ एन वान, एच फाइभ एन वान) पुष्टि भएको पशु सेवा विभागले जनाएको छ।
विभागले सोमबार विज्ञप्ति जारी गर्दै बर्डफ्लू नियन्त्रणका लागि नियमित रूपमा सघन रोग सर्भिलेन्स, नमुना संकलन तथा प्रयोगशाला परीक्षणको कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिइएको छ ।
Discussion about this post