नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १७५ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको १२ हजार ६०५ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।
मन्त्रालयका अनुसार २७४२ पिसिआर परीक्षणबाट र ४३३ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घन्टामा ८७२३ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै सोही अवधिमा १४ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।
यस्तै काठमाडौं उपत्यकामा १५०९ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा १२४९, भक्तपुरमा ७७ र ललितपुरमा १८३ संंक्रमित थपिएका हुन्।
काठमाडौं उपत्यकामा ३५ हजार ७४८ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा २१७३६, ललितपुरमा ९३६० र भक्तपुरमा ४६५२ सक्रिय संक्रमित छन्।
Discussion about this post