मधेशटप, फाल्गुन १   गते । 

काठमाडौं ,राष्ट्रियसभाको उपाध्यक्षलाई पनि संवैधानिक परिषद‍्मा राख्न माग भएको छ ।राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहाल र ६ वटा प्रदेशसभाका उपसभामुखले संवैधानिक परिषद्‍मा राष्ट्रियसभा उपाध्यक्षलाई पनि राख्न माग गरेका हुन् ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद‍्मा हाल विपक्षी दलका नेता, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश र प्रतिनिधिसभाका उपसभामुख मात्र सदस्य रहने व्यवस्था छ ।

काभ्रेको धुलीखेलमा माघ २६ र २७ गते राष्ट्रियसभाकी उपाध्यक्ष दाहाल र प्रदेश सभाका उपसभामुखहरूबीच अन्तर्क्रिया भएको थियो । सो अन्तर्क्रियाको निचोड माघ २९ गते राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको थियो ।