मधेशटप,फागुन ३ गते ।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक यही फागुन ८ गते बस्दै छ। समसामयिक राजनीतिक विषय, पार्टी पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय सदस्यको मनोनयनलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको जनाइएको छ।
माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक फागुन ८ र ९ गतेका लागि तय गरिएको छ। गत पुसमा आठौं महाधिवेशन गरेको माओवादीले अध्यक्ष र केन्द्रीय समितिको संख्या निर्धारण गरे पनि पदाधिकारी चयन गरेको छैन।बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय, स्थानीय तहको निर्वाचनलगायत विषयमा समेत छलफल गर्ने कार्यसूची निर्धारण गरिएको बताइएको छ।
Discussion about this post