मधेशटप,फागुन ३ गते ।

जनकपुरधाम। मुख्यमन्त्री राउतले ४ वर्षको मुख्य उपलब्धि प्रदेशको नाम र राजधानी रहेको मधेस प्रदेशको सदनमा कहिल्यै कुर्सी तोडफोड, गालीगलौज नभएको दाबी गर्दै उनले पछिल्लो चार वर्षमा देशमा धेरै घटे पनि आफूले समझदारी देखाउँदै नियमपूर्वक सरकार चलाएको जनाइएको छन।

मधेश प्रदेश सरकारले चार वर्षको प्रमुख उपलब्धीहरु सार्वजनिक गरेको छ । मंगलबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलन मुख्यमन्त्री लालबाबु राउतले चार वर्षे उपलब्धि सार्वजनिक गरेका हुन् ।

मुख्यमन्त्री राउतले चार वर्षमा प्रदेशसभा बाट ४३ वटा कानून र प्रदेशको नामकरण तथा स्थायी राजधानी पारित गर्न सक्नु मुख्य उपलब्धि रहेको समेत बताएका छन ।

उनले विगत चार बर्षमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तथा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलगायतका वैदेशिक उच्च स्तरका भ्रमणहरु सफलतापूर्वक सम्पन्न भएकोमा मुख्यमन्त्री राउतले उपलब्धि मान्दै खुसी व्यक्त गरिएका छन ।

यससँगै प्राप्त राजनैतिक उपलब्धिको रक्षा, सुदृढिकरण र विकास गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका महत्वपूर्ण योजनाहरु ‘बेटी पढाउ, बेटी बचाउ अभियान ‘शहिदको सम्मान’, ‘किसानको ऋणको ब्याज भुक्तानी प्रयोजनको लागि अनुदान ‘६४ निर्वाचन क्षेत्रमा सडक कालोपत्रे ‘तीन वटा विश्वबिद्यालयको स्थापना ‘आधुनिक प्रदेश ल्याबको स्थापना लगायतका कार्यहरुको माध्यमबाट प्रदेशका जनताको सर्वोत्तम हित ‘समुन्नति र सुशासनको प्रत्याभूति गर्ने’ कार्यलाई मधेश प्रदेश सरकारले प्राथमिकतामा राखी कार्यसम्पादन गरिरहेको छ ।

उनले संघीय निजामति सेवा ऐन बन्न नसकेको अवस्थामा पनि मधेस प्रदेशले प्रदेश निजामति सेवा ऐन बनाएर संघीय सरकार र बाँकी ६ वटै प्रदेश सरकारलाई निजामति सेवा ऐन बनाउन मार्गदर्शन गर्न सफल भएको जनाइएको छन ।

उनले भने, ‘प्रदेश निजामति सेवा नियमावली तथा संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी प्रदेश मन्त्रालय तथा अन्तर्गतका कार्यालयहरूको संगठन संरचना तथा जनशक्तिको दरबन्दीलाई अन्तिम स्वरुप प्रदान गर्ने गरी कार्य भैरहेको छ ।

’ मधेस प्रदेशले भौतिक विकास र कानुन निर्माणमा खासै प्रगति गर्न सकेको छैन । सुरुको वर्षमा आर्थिक कार्यविधि, विनियोजन विधेयक, मुख्यमन्त्री तथा प्रदेशसभाका पदाधिकारीको सेवासुविधामा केन्द्रित भएको प्रदेशले कार्यसञ्चालनको लागि मात्रै ऐनहरू निर्माण गरेको देखिन्छ ।