मधेशटप, फागुन ४ गते 

जनकपुरधाम ;एमसिसीको विरोधमा ६ दल र दुई मोर्चाले आज आह्वान गरेको नेपाल बन्दको असर मधेश प्रदेशमा परेको देखिदैन ।पूर्वपश्चिम राजमार्गमा सवारीसाधन निर्वाध चलेका छन् भने सबै कलकारखाना, पसलसमेत बिहानैदेखि खुलेका छन् ।धनुषा, महोत्तरी लगायत अन्य जिल्लामा समान्य अवस्था रहेको छ ।धनुषा जिल्लामा कतै कुनै प्रकारले बन्दको असर नपरेको अन्य दिन जस्तै अवस्था समान्य रहेको धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले बताए ।नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ वटा कम्युनिस्ट पार्टीले एमसीसीको विरोधमा बुधबार आजका लागि नेपाल बन्द घोषणा गरेका थिये।