मधेशटप,फागुन ५

महोत्तरीमा विवादित रहेको क्षेत्रमा नेपाली कांग्रेसको अधिवेशन हुने भएको छ ।फागुन ८ गते महोत्तरीको विवादित वडा र क्षेत्रमा अधिवेशन हुने भएको हो ।

मनरासिस्वा नगरपालिका–८, बल्वा नगरपालिका र क्षेत्र नम्बर ३ को अधिवेशन विवादका कारण स्थगित रहेकोमा ८ फागुनमा निर्वाचन प्रक्रियाबाट टुंगो लगाउने तय भएको हो ।

जिल्ला सभापति महेन्द्र रायले पिपरा गाउँपालिकास्थित रामनारायण विद्यालयको प्राङ्गणमा क्षेत्रको निर्वाचन गर्ने दुवै पक्षबीच सहमति भएको जानकारी दिएका छन ।