मधेशटप,फागुन,६ 

स्थानीय स्तरमा सामाजिक गतिविधिमा सक्रिय २१ वर्षीय भाटले राजनीति र नेतृत्वप्रति व्याप्त वितृष्णा बदल्नको लागि स्वतन्त्र रूपमा राजनीतिमा सक्रिय भएको भन्दै उम्मेदवारी घोषणा गरेका हुन् ।

कैलालीमा आसन्न स्थानीय तहको निर्वाचनमा लम्कीचुहा नगरपालिकाको मेयरमा स्थानीय युवा उदय भाटले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

लम्की बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत भाट सामाजिक काममा सक्रिय भएका कारण युवाहरूमाझ लोकप्रिय छन् ।असहाय बालबालिकाहरूको लागी सहारा बन्दै आएका, आर्थिक अवस्था कमजोर भई उपचार गराउन नसक्ने व्यक्तिको लागी सहयोग अभियान सञ्चालन गरी पीडितलाई सहयोग गर्ने गरेका छन्