मधेशटप समाचारदाता,
ममता शर्मा ,
गौशाला, फाल्गुन ९ गते।
महोत्तरी : गौशाला नगरपालिकाका नगर प्रमुख शिवनाथ महतोले गौशालामा किसानहरुको लागि ऋणको समस्या समाधान हुनु जरुरि रहेको बताएका छन् ।
सोमबार गौशाला बजार स्थित प्रोग्रेसिभ फ़ाइन्यन्स कम्पनि लि.को समुद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले गौशालमा व्यापारीहरु तथा किसानहरुलाइ सहज तथा सुलभ दरमा कर्जा उपलब्ध गराउन आवश्यक रहेको बताएका छन् । उनले भने, “यहाँ ऋणको निकै समस्या रहेको छ। जति सक्दो सहुलियत रेटमा ,छिटो छरितो रुपमा किसान तथा व्यापारीहरुलाइ कर्जा प्रदान भएमा मात्र उनीहरुको मनोबल बढ्छ र यहाँको आर्थिक गतिविधिमा पनि उन्नति हुन्छ ।”
उनले आजभोली ऋण लिनको लागि निकै कठिनाइ भोग्नुपर्ने भएकोले सहज रुपमा ऋण किसानहरुलाई उपलब्ध गराउन बैंकलाइ आग्रह समेत गरेका छन् । उनले बैंक सुरक्षाको निकै कमिको अनुभूति भएकोले बैंकहरुलाइ सुरक्षा प्रदान गर्न पनि इलाका प्रहरी कार्यालय गौशालालाइ ध्यानाकर्षण गराएका छन् । बैंकको सुरक्षाको समस्याको समधान गर्न उनले इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु प्रदिप बस्याललाइ नगरपालिका संग समन्वय गरि बैंकलाइ सुरक्षित गर्न आग्रह गरेका छन् । त्यस्तै उनले बैंकको महत्वको भूमिका बाध्दै नगरका बैंकहरु संग आपसी परस्पर सम्बन्ध, नम्र व्यवहार ,सहज तथा छिटो छरितो रुपमा कार्य ,मितव्ययी हुन र सहयोग कायम राख्न अनुरोध गरेका छन् ।
प्रोग्रेसिभ फ़ाइन्यन्सको संचालक समितिका अध्यक्ष किशोर कुमार महतोको सभापतित्वमा आयोजित उक्त उद्घाटन कार्यक्रममा नगर प्रमुख शिवनाथ महतो,प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाई ,समाजसेवी विजय कुमार साह , इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु प्रदिप बस्याल लगायत बैंकका अन्य कर्मचारी ,नगरभित्र रहेका बैंक तथा सहकारीका प्रतिनिधि तथा जनसमुदायको उपस्थिति रहेको थियो।
नगर प्रमुखले कार्यक्रममा पानसमा दिप बालि र रिबन काटेर बैंकको उद्घाटन गरेका थिए ।
अनेकौ नृत्य सहित समावेश गरिएको उक्त कार्यक्रममा अध्यक्ष किशोर महर्जनले ३ वर्ष नबित्दै बैंकको १६ ओटा शाखा कार्यालय स्थापना गर्न सफल भएको जानकारी दिए । उनले यस फ़ाइन्यन्सको पहिलो पल्ट महोत्तरीमा शाखा स्थापना गरिएको बताउदै यसले किसानहरुलाइ लक्षित गरि कार्य संचालन गर्ने तथा किसानहरुको लागि सहज रुपमा ऋण प्रदान गर्ने समेत बताए ।
कार्यक्रममा उपस्थित अतिथिहरुलाइ मायाको चिनो समेत प्रदान गरिएको थियो ।
Discussion about this post